September 22, 2026

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सो प्रतिवेदन पेस गरेका हुन्।

नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

सम्बन्धित खबरहरु

भर्खरै