September 22, 2026

मन्त्री घिसिङ आइएसएको आठौँ महासभामा भाग लिन भारत प्रस्थान

मन्त्री घिसिङ आइएसएको आठौँ महासभामा भाग लिन भारत प्रस्थान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को आठौँ महासभामा भाग लिन भारत प्रस्थान गरेका छन्।

मन्त्री घिसिङ सोमबार अपराह्न नेपाल वायुसेवा निगमको जहाजबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्। आठौँ आइएसए महासभा नयाँदिल्लीमा १०–१३ कात्तिकसम्म (२७) आयोजना हुँदैछ, जसमा ४० भन्दा बढी देशका ऊर्जा मन्त्री तथा प्रतिनिधिहरू सहभागी हुनेछन्।

सभामा सहभागी सदस्य राष्ट्रका ऊर्जा मन्त्रीहरू र प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवर्द्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा अन्तर्राष्ट्रिय सहकार्यका अवसरलगायतका विषयमा उच्चस्तरीय छलफल हुने अपेक्षा गरिएको छ। मन्त्री घिसिङले नेपालको तर्फबाट पनि सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

मन्त्री घिसिङ बुधबार (कात्तिक २९ गते) स्वदेश फर्कने कार्यक्रम रहेको छ।

सम्बन्धित खबरहरु

भर्खरै