September 22, 2026

निर्वाचन आयोगमा १५ नयाँ दलको दर्ता प्रक्रिया अध्ययनमा

निर्वाचन आयोगमा १५ नयाँ दलको दर्ता प्रक्रिया अध्ययनमा

काठमाडौँ । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात अध्ययन गरिरहेको जनाएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच दलले निवेदन दिएका हुन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कानुनी प्रक्रिया पूरा गर्ने दलको निवेदन ४५ दिनभित्र स्वीकृत गरिनेछ । हाल आयोगमा १२४ दल दर्ता छन् ।

निर्वाचन घोषणापछि धरानका हर्क साङपाङको श्रम संस्कृति पार्टी, डा. सुरेन्द्र भण्डारीको नेपाल नागरिक पार्टी, दिनेशराज प्रसाईँको गतिशील लोकतान्त्रिक पार्टी र हिराप्रसाद सोतीको राष्ट्रिय जेनजी पार्टीलगायतले दल दर्ताको निवेदन दिएका छन् ।

आयोगले आगामी मङ्सिर १ देखि १० गतेसम्म निर्वाचन प्रयोजनाका लागि दल दर्ता खुला गर्ने तयारी गरेको छ ।

सम्बन्धित खबरहरु

भर्खरै