September 22, 2026

ओलीको पालामा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय

ओलीको पालामा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले केपी शर्मा ओली नेतृत्व सरकारको पालामा राजनीतिक नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलका अनुसार प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो।

उनीहरूलाई कात्तिक २० गतेभित्र फर्किसक्न निर्देशन दिइएको छ।

सम्बन्धित खबरहरु

भर्खरै