September 22, 2026

१५औं महाधिवेशनबाट विदा लिने कुरामा द्विविधा छैन : देउवा

१५औं महाधिवेशनबाट विदा लिने कुरामा द्विविधा छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनबाट आफुले विदा लिने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबारबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले यस्तो भनाई राखेका हुन्। देउवाले वैधानिक व्यवस्थाअनुसार १५ औं महाधिवेशनबाट नेतृत्व छाड्ने बताए।

‘घरमा सधैं एकै जना मुली रहँदैन । पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन । जहासम्म मेरो विषय छ, मैले पहिले नै वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५ औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु,’ सभापति देउवाले भने, ‘आगामी १५औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नु हुनेछ त्यसमा द्विविधा छैन ।’

सम्बन्धित खबरहरु

भर्खरै