September 22, 2026

भाइटीकाको उत्तम साइत सार्वजनिक

भाइटीकाको उत्तम साइत सार्वजनिक

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार ६ कात्तिक बिहीबार बिहान ११:३९ बजे भाइटीकाको साइत उत्तम रहेको छ। सदस्य प्रा. देवमणि भट्टराईका अनुसार धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्त शुभ मानिएको छ।

यस वर्षको यमपञ्चक १ कात्तिकदेखि सुरु हुने र सोही दिन धनतेरस तथा धन त्रयोदशी पर्व पर्ने समितिले जनाएको छ। २ कात्तिकमा काग तिहार, ३ कात्तिकमा कुकुर तिहार र लक्ष्मीपूजा, ५ कात्तिकमा गाई, गोरु र आत्म (म्ह) पूजा, तथा ६ कात्तिकमा भाइटीका पर्न आएको हो।

सोही दिन नेपाल संवत् ११४६ नयाँ वर्ष पनि मनाइनेछ। शास्त्रीय रूपमा भाइपूजा अर्थात् किजापूजा पनि त्यही दिन मनाइने समितिले जनाएको छ।

सम्बन्धित खबरहरु

भर्खरै