September 22, 2026

‘पासपोर्ट रोक्का रे, डाँडो काट्न नहुने रे-सुशीलाजीको डरले केपी ओली भाग्छ?’

‘पासपोर्ट रोक्का रे, डाँडो काट्न नहुने रे-सुशीलाजीको डरले केपी ओली भाग्छ?’

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि पासपोर्ट रोक्ने र उपत्यका छोड्न नपाउने निर्णयप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री सुशीला कार्कीको भयले आफू भाग्ने नभएको स्पष्ट पारेका छन्। भक्तपुरमा पार्टीको औपचारिक कार्यक्रममा सम्बोधन गर्दै उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई आफूलाई पक्राउ गर्ने विषय उठाएर धेरै नउत्तालिन चेतावनीसमेत दिएका हुन्।

ओलिले कार्यक्रममा जनआन्दोलन् (जेन-जी) आन्दोलनपछि पहिलोपटक गरिएको पार्टी कार्यक्रमलाई व्यंग्य गर्दै वर्तमान सरकारलाई “सडक तमासा” भने। उनले प्रश्न गरे, “पासपोर्ट रोक्का रे, डाँडो काट्न नहुने रे — सुशीलाजीको डरले केपी ओली भाग्छ?”

उनले थपे, “हुन त म अहिलेका गृहमन्त्रीलाई चिन्दिन। तर म गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र नचम्किन सुझाव दिन चाहन्छु। राजनीति र देश चलाउने कुरा ठट्टाको विषय होइन।” ओलीले सरकारप्रति आफ्नो असन्तोष व्यक्त गर्दै राजनीतिक व्यवहार र संवैधानिक मर्यादाप्रति ध्यान दिन आग्रह गरेका छन्।

ओलिले आफू र उनको पार्टीले विगतमा जेल र सङ्घर्ष भोगेको स्मरण गराउँदै एमालेलाई जिस्काउने अवस्था नआउन चेतावनी दिए। “हामी जेल नेल भोगेर आएका हौं, हाम्रा लागि यो नयाँ कुरा होइन। देशको स्वाभिमानका लागि बलिदान दिन तयार छौं,” उनले भने।

अध्यक्ष ओलीले वर्तमान सरकारमाथि देशको सार्वभौमसत्तामाथि आक्रमण भइरहेको आरोप पनि लगाएका छन्। उनले सरकारका केही निर्णय र कदमले राष्ट्रिय स्वाभिमान तथा लोकतान्त्रिक संस्थालाई कमजोर गरिरहेको बताए।

ओलीको ती टिप्पणीपछि राजनीतिक संवाद र विवाद थप तेज हुने संकेत देखिएको छ। प्रतिपक्ष र सरकारबीच जारी तनावलाई मध्यनजर गर्दै आगामी दिनमा दुवै पक्षबाट थप प्रतिक्रिया र ध्यानाकर्षण आउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबरहरु

भर्खरै