काठमाडौं । जेनजी प्रदर्शनमा रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट लुटिएको ७ थान पेस्तोल प्रहरीले बालाजु क्षेत्रबाट बरामद गरेको छ । काठमाडौँ महानगरपालिका–१६ स्थित खरिबोटबाट ७ थान पेस्तोल बरामद गरिएको हो ।
पेस्तोल लुटेको आरोपमा उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर–८ घर भएका ३० वर्षीय हिराबहादुर मगरलाई प्रहरी वृत्त बालाजुको टोलीले पक्राउ गरेको छ । तारकेश्वरस्थित लोलाङ बस्दै आएका मगरले सो पेस्तोल आफुले चलाउँदै आएको बागमती प्रदेश–०१–००२ प ६४४९ नम्बरको ट्याक्सीको डिक्कीमा लुकाएर राखेका थिए ।
ट्याक्सीको डिक्कीबाट प्रहरीले पेस्तोल बरामद गरेको हो । सुराकको आधारमा प्रहरीले आइतबार टाइप–५४ पेस्तोल ७ थान र एसएलआरको गोली ३३ राउन्ड बरामद गरेको छ ।







