September 22, 2026

बडादसैँ सुरु, आज घटस्थापना

बडादसैँ सुरु, आज घटस्थापना

काठमाडौं । हिन्दू समुदायको महान् पर्व बडादसैं आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने दुर्गा पक्ष १५ दिनसम्म धूमधामका साथ मनाइने परम्परा छ।

आज बिहानै घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी दुर्गा देवीको आह्वान गरिएको छ। पूजा कोठा वा दसैं घरलाई पवित्र बनाएर गाईको गोबरले लिपपोत गरी त्यसमा बालुवा वा माटो राखेर जौ रोप्ने चलन छ। यही कार्यलाई ‘जमरा राख्ने’ भनिन्छ।

जमरालाई विजयादशमीका दिन देवीको प्रसादसहित पहेँलो रङमा ग्रहण गरिन्छ, जसलाई समृद्धि र विजयको प्रतीक मानिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार शास्त्रीय मान्यताअनुसार जौ बाहेक अन्य अन्न रोप्ने प्रचलन छैन, तर कतिपय कुल परम्परा अनुसार अरु अन्न पनि राख्ने चलन भेटिन्छ।

आयुर्वेदिक औषधीय गुणले सम्पन्न जमरा धार्मिक मात्र नभई स्वास्थ्यप्रद बस्तुका रूपमा पनि प्रयोग हुने गरेको छ।
यसरी घटस्थापनासँगै दुर्गा पक्ष सुरु भएसँगै बजारमा चहलपहल बढेको छ भने घर–घरमा दसैंको रौनक फैलिन थालेको छ।

सम्बन्धित खबरहरु

भर्खरै