September 22, 2026

प्रधानमन्त्री कार्की र मोदीबीच टेलिफोन वार्ता, शान्ति र सहयोगमा जोड

प्रधानमन्त्री कार्की र मोदीबीच टेलिफोन वार्ता, शान्ति र सहयोगमा जोड

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ।

मोदीले हालै नेपालमा भएका जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

फोनवार्ता सौहार्दपूर्ण भएको उल्लेख गर्दै मोदीले नेपालको शान्ति र स्थायित्व कायम राख्न प्रधानमन्त्री कार्कीले गरिरहेका प्रयासमा भारतले निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

साथै, मोदीले असोज ३ अर्थात् नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री कार्की र सम्पूर्ण नेपाली जनताप्रति हार्दिक शुभकामना पनि व्यक्त गरेका छन्।

सम्बन्धित खबरहरु

भर्खरै