September 23, 2026

सेनाको अपरेसनमा २७ जना पक्राउः ३३ लाख ७० हजार नगदसहित हतियार बरामद

सेनाको अपरेसनमा २७ जना पक्राउः ३३ लाख ७० हजार नगदसहित हतियार बरामद

काठमाडौं । नेपाली सेना तथा अन्य सुरक्षा निकाय परिचालन भएपश्चात देशभरि भएका लुटपाट, आगजनी र तोडफोडमा संलग्न २७ जना पक्राउ परेका छन्।

नेपाली सेनाले जारी गरेको सूचनामा भदौ २४ गते राति १० बजेदेखि परिचालन गरिएको सुरक्षाकर्मीहरूले २५ गते बिहान १० बजेसम्म काठमाडौंसहित विभिन्न स्थानहरूमा अराजक गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिएका हुन्।

सेनाले काठमाडौंबाट २३ र पोखराबाट ८ नालसहित विभिन्न किसिमका ३१ हतियार, म्यागजिन र गोलीगठ्ठा बरामद गरेको जनाएको छ। यस्तै, काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार रुपैयाँ नगद समेत बरामद गरिएको छ।

आगो नियन्त्रणका लागि ३ वटा बारुण यन्त्र परिचालन गरिएको सेनाले जनाएको छ। यस घटनामा २३ जना नेपाल प्रहरी र ३ जना सर्वसाधारण घाइते भएका छन्। उनीहरूको सैनिक अस्पतालहरूमा उपचार भइरहेको छ।

सम्बन्धित खबरहरु

भर्खरै