September 23, 2026

जेनजी प्रदर्शनमा हालसम्म १९ जनाको मृत्यु, तीन सय बढी घाइते

जेनजी प्रदर्शनमा हालसम्म १९ जनाको मृत्यु, तीन सय बढी घाइते

काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनमा घाइते भएकामध्ये १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ।

मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ। यस्तै वीर अस्पतालमा ६ जनाको उपचार भइरहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा ८ जनाको मृत्यु भएको छ।

यसैगरी बानेश्वरस्थित एभरेष्ट अस्पतालमा एक सय दुई जना घाइतेको उपचार भइरहेको छ भने तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस्तै ८ जनालाई अन्यत्र रेफर गरिएको छ ।

सम्बन्धित खबरहरु

भर्खरै