काठमाडौं । काठमाडौंमा जारी जेन–जी पुस्ताको आन्दोलन हिंसात्मक बन्दै जाँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा थप एक घाइतेको मृत्यु भएपछि मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले अहिलेसम्म ७ जनाको मृत्यु पुष्टि गरेका छन्। सो सेन्टरमा हाल ५० जना घाइतेको उपचार भइरहेको छ, जसमा ४ जनाको अवस्था गम्भीर रहेको छ।
त्यस्तै, एभरेस्ट अस्पतालमा ५, सिभिल अस्पतालमा ३, काठमाडौं मेडिकल कलेजमा २ र टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको छ। मृतकहरूको परिचय खुल्न बाँकी छ। मृत्यु हुनेमा स्कुले बालबालिकासमेत रहेको अस्पतालले जनाएको छ।
अहिले काठमाडौंका विभिन्न अस्पतालमा २०० भन्दा बढी घाइते उपचाररत छन्।







