September 23, 2026

म जति पनि हेपिन तयार छु, देशलाई हेपेको सहन्नँ : प्रधानमन्त्री

म जति पनि हेपिन तयार छु, देशलाई हेपेको सहन्नँ : प्रधानमन्त्री

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जतिसुकै हेपिए पनि देशलाई हेपेको नसहने बताएका छन् । दोस्रो विधान महाधिवेशनको अन्तिम दिन अध्यक्ष ओलीले आइतबार कार्यकर्तालाई सम्बोधन गर्दै राष्ट्रियताप्रतिको अडानलाई पुनः दोहोर्‍याए ।

“मलाई जति सुकै हेपियोस म हेपिन तयार छु र सहन्छु । तर देशलाई हेपेको सहन्नँ । देशलाई हेप्न, होच्याउन पाइँदैन । हाम्रो स्वाभिमान माथि ठेस पुर्‍याउन पाइँदैन,” अध्यक्ष ओलीले भने ।
समसामयिक विषयमा प्रतिनिधिहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालबारे धारणा राख्दै भने, “हामी वाक स्वतन्त्राताका लागि बलिदान दिएर आएका हौं । त्यसैले हाम्रो पार्टी सामाजिक सञ्जालमाथि असहिष्णु भए छ कि ? भन्ने कसैमा भ्रम नपरोस् । सामाजिक सञ्जाललाई कानुन बमोजिम चल्न, दर्ता हुन र कर तिर्न एक वर्षदेखि भन्दै आएका हौं । तर अटेरी गरिरहेका छन् ।”

सम्बन्धित खबरहरु

भर्खरै