September 23, 2026

नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुबेर खापुङ नियुक्त

नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुबेर खापुङ नियुक्त

। नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी)मा चन्द्रकुबेर खापुङ नियुक्त भएका छन् । आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्‌को बैठकले खापुङलाई १९ भदौदेखि लागु हुनेगरी खापुङलाई आईजीपीमा नियुक्त गरेको हो ।

खापुङ हाल एआईजीको रुपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख छन् । हालका आईजीपी दीपक थापा १८ भदौको राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने भएपछि खापुङलाई आईजीपीमा नियुक्त गरिएको हो ।

१९ भदौ २०५२ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका खापुङ आईजीपीका एक्ला दाबेदार थिए । भोलि चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उनलाई आईजीपीमा नियुक्त गरेका हुन् ।

सम्बन्धित खबरहरु

भर्खरै