September 23, 2026

अनुदान माग गर्दै माइतीघरमा उखु किसानको धर्ना

अनुदान माग गर्दै माइतीघरमा उखु किसानको धर्ना

काठमाडौं । सरकारले अनुदान कटौती गरेको विरोधमा देशैभरिका उखु किसानले आजदेखि काठमाडौँको माइतीघरमा अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। उखुका लाँक्रासहित संघीय राजधानी आएका किसानले अनुदान माग गर्दै धर्ना सुरु गरेका नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए।

धर्नामा तराई/मधेसका १३ जिल्लाका अगुवा किसानको सहभागिता छ। सर्लाही, महोत्तरी, सिराहा, रौतहट, बारा, सुनसरी, मोरङ, नवलपरासी, कञ्चनपुरलगायत तराई/मधेशका जिल्लाबाट आएका उखु किसान धर्नामा सहभागी छन्।
गएको असार अन्तिमसाता बसेको मन्त्रिपरिषद् बैठकले उखु किसानले पाउँदै आएको प्रतिक्विन्टल उखुको ७० रुपैयाँ अनुदान कटौती गर्ने निर्णय गरेको थियो।

गत वर्ष क्रसिङ भएको उखुको प्रतिक्विन्टल ३५ रुपैयाँका दरले अनुदान दिने निर्णय सरकारले गरे पनि चालु आर्थिक वर्षको बजेटमा भने उखुको अनुदानका लागि सरकारले कुनै बजेट विनियोजन गरेको छैन।

सम्बन्धित खबरहरु

भर्खरै