September 23, 2026

संविधान असफल भयो भने अकल्पनीय द्वन्द्व सुरु हुन्छ : गृहमन्त्री

संविधान असफल भयो भने अकल्पनीय द्वन्द्व सुरु हुन्छ : गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको चेतावनी दिएका छन्। आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान असफल भए मुलुकमा अकल्पनीय द्वन्द्व सुरु हुने दाबी गरे।

उनले संविधान निर्माणमा २० वर्ष लागेको स्मरण गर्दै भने, “यदि अहिलेको संविधान असफल भयो भने अर्को २० वर्षमा पनि संविधान बनाउन सकिँदैन।”

लेखकका अनुसार अहिलेको द्वन्द्व अधिकार बाँडफाँड र प्राकृतिक स्रोतको प्रयोगमा पालिकाबीच देखिएको भए पनि संविधान असफल भए झन् गम्भीर र अकल्पनीय द्वन्द्व सुरु हुने खतरा छ। “संविधानको रक्षा, यसको सुदृढीकरण र समयसापेक्ष संशोधन आवश्यक छ,” उनले जोड दिए।

गृहमन्त्री लेखकले समाज र समयको विकासअनुसार संविधानलाई निरन्तर उन्नत, परिवर्तन र परिमार्जन गर्नुपर्नेमा जोड दिए। उनका अनुसार सरकार गठनका क्रममा कांग्रेस र एमालेबीच समयसापेक्ष संविधान संशोधन गर्ने सहमति भए पनि एक वर्ष बितिसक्दा सो कार्य प्रारम्भ हुन नसकेको स्वीकार गरे।

सम्बन्धित खबरहरु

भर्खरै