September 23, 2026

मेरो मार्गदर्शन अनुसार काम गर्छु: पूर्वराष्ट्रपति भण्डारी

मेरो मार्गदर्शन अनुसार काम गर्छु: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यतामार्फत निरन्तर काम गर्न चाहेको बताएकी छन्। बिहीबार काठमाडौंको थापागाउँमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गर्दै भण्डारीले पार्टी सदस्यता नवीकरणमा केन्द्रीय कार्यालयले प्रश्न उठाएकोमा गुनासोसमेत गरिन्।

भण्डारीले भनिन्, “म निरन्तर काम गरिरहन्छु। मेरो सदस्यताबारे प्रश्न उठेको छ, तर म पार्टीको सङ्गठित सदस्यतामै काम गर्न इच्छुक छु।” उनले एमालेमा सदस्यता २०३७ सालमा लिएको र अहिलेसम्म ४५ वर्ष पुगेको जानकारी दिँदै राष्ट्रपतिको शपथ ग्रहण गर्दा पनि पार्टी सदस्य रहेको ३५ वर्ष पूरा भएको उल्लेख गरिन्।

पूर्व राष्ट्रपति भण्डारीले आफू आलोचनाबाट बाहिर नरहेको र आलोचना तथ्यमा आधारित हुनुपर्नेमा जोड दिइन्। उनले थपिन्, “म नेकपा एमालेको मार्गदर्शक सिद्धान्त, जनताको बहुदलीय जनवादको मर्म र भावना अनुसार काम गर्नेछु र समीक्षा गर्नेछु। पार्टीले जिम्मेवारी देओस् वा नदेओस्, म मेरो भूमिका अनुसार काम गर्नेछु।”

भण्डारीले पार्टीभित्रको विकृतिविसंगतिविरुद्ध पनि निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्।

सम्बन्धित खबरहरु

भर्खरै