September 23, 2026

इजरायलले गाजा कब्जा गर्न थालेपछि प्यालेस्टिनी भागभाग

इजरायलले गाजा कब्जा गर्न थालेपछि प्यालेस्टिनी भागभाग

एजेन्सी । इजरायली सेनाले गाजा शहर कब्जा गर्न सुरु गरेपछि ठुलो संख्यामा प्यालेस्टिनीहरू शहरबाट भागिरहेका छन्। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा तत्काल युद्धविरामका लागि आफ्नो अपील दोहोर्‍याएका छन्।

गुटेरेसले सैन्य कारबाहीले मृत्यु र विनाश निम्त्याउने भएकाले यसलाई रोक्नु महत्त्वपूर्ण भएको बताए। गाजाका अधिकारीका अनुसार दश लाखभन्दा बढी मानिस बसोबास गर्ने यो क्षेत्रले केही दिनदेखि भारी बमबारीको सामना गरिरहेको छ।

इजरायली सेनाले गाजा सहरको बाहिरी इलाकामा नियन्त्रण गरेको बताएको छ। एक सैन्य प्रवक्ताले सेनाले जैतौन र जबालिया क्षेत्रमा पहिले नै कारबाही गरिरहेको बताए।

सम्बन्धित खबरहरु

भर्खरै