September 23, 2026

मापदण्ड विपरीतका २७१ पानीका जार नष्ट

मापदण्ड विपरीतका २७१ पानीका जार नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिकाले पिउने प्रशोधित पानीको गुणस्तर जाँचमा कडाइ गर्दै पछिल्लो एक सातामा मापदण्ड नपुगेका २७१ वटा जार बरामद गरी नष्ट गरेको छ।

महानगरले बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु र कोटेश्वर क्षेत्रमा नियमित अनुगमन गरेर पानीजन्य रोगको जोखिम घटाउन प्रयास गरिरहेको छ। कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार असार र साउन महिनामा १३९ वटा सवारी साधन चेकजाँच गर्दा ४५६ वटा फोहोर, कुचिएका वा मापदण्ड विपरीतका जार बरामद भएका छन्।

साउन १८ मा कोटेश्वरमा १५ सवारी अनुगमन गर्दा ७७ जार बरामद भएका थिए भने साउन २० मा बल्खुमा ८ कम्पनीका सवारी जाँच गर्दा ५९ जार फेला परेका थिए। साउन २१ मा चाबहिल–चुच्चेपाटीमा १९ सवारी अनुगमन गरी ६७ जार बरामद गरिएका थिए भने ३ नमुना प्रयोगशालामा पठाइएको थियो। साउन २३ मा माछापोखरी–बालाजुमा २० सवारी अनुगमन गरी ६८ जार फेला परेका थिए।

महानगरले पानी उत्पादक कम्पनीहरूलाई जारमा उत्पादन मिति र स्पष्ट लेबल राख्न, बिल–बिजक साथमा राख्न र गुणस्तरमा संवेदनशील हुन निर्देशन दिएको छ।

फुड टेक्नोलोजिस्ट अशोक पराजुलीका अनुसार प्रयोगशालामा पठाइएका नमुनाको परीक्षणले पानीको शुद्धता र सुरक्षा सुनिश्चित गरिनेछ। विगतमा बल्खु, कालीमाटी र टङ्केश्वर क्षेत्रमा हैजाका बिरामी देखिएका कारण महानगरले आगामी दिनमा समुदायस्तरमा पानी परीक्षण र सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

सम्बन्धित खबरहरु

भर्खरै