September 23, 2026

फ्लो टेक इन्टरप्राइजेजलाई सवा २ लाख जरिवाना

फ्लो टेक इन्टरप्राइजेजलाई सवा २ लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक उद्योग तथा फर्मलाई कारबाही गरेको छ । विभागको अनुगमन टोलीले शुक्रबार काठमाडौं महानगरपालिका–१४ को फ्लो टेक इन्टरप्राइजेज प्रालिलाई २ लाख २५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

विभागका अनुसार उक्त कम्पनीले फर्निसिङ, कार्पेट, पर्दा लगायत उत्पादनमा एमआरपी नराखी कारोबार गरेको पाइएपछि जरिवाना तिराइएको हो । विभागले आज १४ वटा उद्योग तथा फर्म अनुगमन गरेको थियो । अनुगमन गरिएका मध्ये ४ वटा उद्योग तथा फर्मलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित काजजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने ९ वटालाई सामान्य निर्देशन दिएको छ ।

सम्बन्धित खबरहरु

भर्खरै