काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार यस वर्ष ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी नन ग्रेड (NG) भएका छन्।
गत वैशाखमा सम्पन्न परीक्षामा देशभरका ५ हजार २०२ विद्यालयका करिब ५ लाख ११ हजार परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार विद्यार्थी रहेका थिए।
विद्यार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np वा नेपाल टेलिकमको www.neb.ntc.net.np मार्फत हेर्न सक्नेछन्।







