September 23, 2026

इन्द्रबहादुर बानियाँ कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचित

इन्द्रबहादुर बानियाँ कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचित

काठमाडौं। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। उनले २२ मत प्राप्त गर्दै मुख्यमन्त्री बहादुरसिं लामालाई पराजित गरेका हुन्। लामाले १४ मत पाए।

मकवानपुर–२(ख) बाट प्रदेशसभा सदस्य रहेका बानियाँ २०७४ मा पनि निर्वाचित भएका थिए। यसअघि २०७९ पुसमा भएको निर्वाचनमा भने उनी लामासँग पराजित भएका थिए।

गत साउन ९ गते लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि नयाँ नेता चयनका लागि मतदान भएको हो। बानियाँ कांग्रेस बागमती प्रदेश सभापति समेत हुन्।

सम्बन्धित खबरहरु

भर्खरै