September 23, 2026

नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटायो, निर्वाचन आयोगलाई जानकारी

नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटायो, निर्वाचन आयोगलाई जानकारी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाएको छ। श्रेष्ठलाई हटाइएको जानकारी पार्टीले निर्वाचन आयोगमा औपचारिक रूपमा गराइसकेको छ।

श्रेष्ठमाथि पार्टीको अनुशासन उल्लंघन गरेको र विधानविपरीत कार्यवाहक अध्यक्षमा शिवप्रसाद बास्तोला नियुक्त गरेको आरोप लागेको छ। यसैका आधारमा पार्टीले उनलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको हो।

श्रेष्ठलाई हटाउने प्रक्रिया अघि बढाउनका लागि पार्टी संरक्षक तथा पूर्वसांसद रेशमलाल चौधरीले पहल लिएका थिए। चौधरीले श्रेष्ठलाई पार्टी बैठक बोलाउन दबाब दिएको र असहयोग गरेपछि कारबाही प्रक्रिया अघि बढाइएको बताइएको छ।

श्रेष्ठलाई हटाउनुअघि रामलाल डगौरा थारुको संयोजकत्वमा रहेको अनुशासन समितिले उनलाई २४ घण्टे स्पष्टीकरण मागेको थियो। तर उनले तोकेको समयभित्र कुनै प्रतिक्रिया नदिएपछि पार्टीले हटाउने निर्णय लिएको हो।

हालसम्म श्रेष्ठले पार्टीको निर्णयप्रति कुनै सार्वजनिक प्रतिक्रिया दिएकी छैनन्। पार्टीले अनुशासन समितिको कारबाहीलाई राष्ट्रिय भेलाबाट अनुमोदन गराउने तयारी गरिरहेको छ।

सम्बन्धित खबरहरु

भर्खरै