September 23, 2026

बागमती प्रदेश सरकारमा कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा

बागमती प्रदेश सरकारमा कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा

हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार जना मन्त्रीले शुक्रबार सामूहिक राजीनामा दिएका छन्।

राजीनामा दिनेमा युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ छन्।

उनीहरूले मुख्यमन्त्री बहादुर सिंह लामालाई राजीनामा पत्र बुझाएका छन्। राजीनामाको औपचारिक कारण नखुलाइए पनि राजनीतिक असन्तुष्टि र शक्ति सन्तुलनको विषयले पृष्ठभूमि बनाएको स्रोतले जनाएको छ।

प्राप्त जानकारीअनुसार, मुख्यमन्त्री लामाको नेतृत्वप्रति असन्तुष्ट हुँदै काँग्रेसकै एक समूहले सरकारभित्र नयाँ समीकरण बनाउन खोजिरहेको छ। त्यसकै संकेतस्वरूप मन्त्रीहरूले पदबाट हट्ने निर्णय लिएको बताइएको छ।

 

सम्बन्धित खबरहरु

भर्खरै