September 23, 2026

टीआरसी सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री

टीआरसी सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम टुंग्याउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम सम्पन्न गरी शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले संविधानले निर्देशन गरे बमोजिम शहीद, बेपत्ता र द्वन्द्व पीडितहरूको योगदान र बलिदानलाई सम्मान र कदर गर्ने विषयमा सरकार दृढ रहेको पनि बताए ।

पीडितलाई न्याय दिने विषयमा सरकार अत्यन्त जिम्मेवार र संवेदनशील भएको प्रधानमन्त्री ओलीको दाबी छ । ‘द्वन्द्वपीडितहरूसँग हामी विभिन्‍न तहमा निरन्तर छलफलमै छौँ । शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने विषय सबैको उत्तिकै चासो र सरोकार भएको विषय हो,’ उनले भने ।

प्रधानमन्त्री ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को व्यवस्था बमोजिम नै आयोगहरू गठन भइर काम सुरु भएको बताए । आगामी दिनमा आयोगका पदाधिकारीहरूले पीडित पक्षसँग बसेर आपसमा छलफल गरेर नै शान्ति प्रक्रियाका बाँकी काम अगाडि बढाउने उनको भनाइ छ ।

सम्बन्धित खबरहरु

भर्खरै