September 23, 2026

ओलीको दाबी : “२०८४ को निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन”

ओलीको दाबी : “२०८४ को निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन”

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०८४ सालको निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने दाबी गरेका छन्।

सोमबार पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी एकताबद्ध भएर अघि बढेमा बहुमत सुनिश्चित हुने स्पष्ट पारे। उनले भने, “पार्टीमा एकताबद्ध र एक ढिक्का भएर अघि बढ्ने हो भने २०८४ मा हामीलाई बहुमत ल्याउन कसैले रोक्दैन, छेक्न सक्दैन।”

“एमाले बिनाको नेपाल बनाउने भनिएको थियो, अहिले हामी सरकारको नेतृत्व गरिरहेका छौँ”
ओलीले विगतमा आफू र पार्टीविरुद्ध चलाइएका अभियानको स्मरण गर्दै भने, “हामीले देखेकै हो, सुनेकै हो—केपी ओलीबिनाको एमाले, एमालेबिनाको नेपाल बनाउँछौं भनिएको थियो। तर आज हामी सरकारको नेतृत्व गरिरहेका छौं। १३ महिना भइसक्यो सरकारको नेतृत्व गरेको।”

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, अध्यक्ष ओलीको भनाइले पार्टीभित्र आत्मविश्वास र आगामी निर्वाचनको तयारीलाई गम्भीरता दिने संकेत मिलेको छ।

सम्बन्धित खबरहरु

भर्खरै