September 23, 2026

नेकपा एकता राष्ट्रिय अभियान र नेकपा एकीकृत समाजवादीबीच एकता हुँदै

नेकपा एकता राष्ट्रिय अभियान र नेकपा एकीकृत समाजवादीबीच एकता हुँदै

काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबीच एकता हुने पक्का भएको छ।
दुवै नेताबीच भएको सहमतिअनुसार आगामी साउन २ गते दुई दल एकीकरणको औपचारिक घोषणा गर्ने तयारी गरिएको छ।

पूर्व उपप्रधानमन्त्री तथा वरिष्ठ नेता वामदेव गौतम नेकपाकालमा पार्टी विभाजनको विरोधमा उभिएका थिए। पछिल्लो समय वामपन्थी दलहरूलाई एकताबद्ध गर्न प्रयासरत रहेका गौतम एमालेमा फर्किने चर्चा पनि चलेको थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओलीको अनिच्छा देखिएपछि उनी नेकपा एकीकृत समाजवादीतर्फ मोडिएका हुन्।

दुई दलबीच भएको सहमति पत्रमा अध्यक्ष माधवकुमार नेपाल र अध्यक्ष वामदेव गौतमले हस्ताक्षर गरेका छन्। सहमति पत्रमा उल्लेख छ, “दुवै पक्षको राजनीतिक सिद्धान्त मिल्दो देखिएको र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता हो।”

एकता घोषणासँगै नेकपा एकीकृत समाजवादी पार्टीमा वामदेव पक्ष औपचारिक रूपमा समाहित हुनेछ। यो एकता आगामी प्रदेश र संघीय निर्वाचनसँगै वामपन्थी एकता प्रक्रियालाई गति दिने प्रयासका रूपमा पनि हेरिएको छ।

 

सम्बन्धित खबरहरु

भर्खरै