काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिमा प्रा. डा. दीपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा उनलाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
यसअघि गठन गरिएको सिफारिस समितिले असार २३ गते प्रा. डा. खड्ग केसी, प्रा. डा. विनिल अर्याल र डा. दीपक अर्यालको नाम सिफारिस गरेको थियो। समितिको संयोजकत्व शिक्षा मन्त्री रघुजी पन्तले गरेका थिए।
त्रिविका पूर्व उपकुलपति प्रा.डा.केशरजंग बरालले गत चैत २८ गते राजीनामा दिएपछि चैत ३१ गतेसम्म उपकुलपतिको जिम्मेवारी प्रा. डा. खड्ग केसीलाई दिइएको थियो। उनलाई अधिकतम तीन महिनाका लागि निमित्त उपकुलपति बनाइएको थियो। नयाँ नियुक्तिपछि त्रिवुको नेतृत्व फेरिएको छ। डा.दीपक अर्याल जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुखसमेत हुन्।







