September 23, 2026

३१ करोडको हिनामिनामा धनुषाका पूर्व अध्यक्षसहित ९ जना विरुद्ध अख्तियारको मुद्दा

३१ करोडको हिनामिनामा धनुषाका पूर्व अध्यक्षसहित ९ जना विरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्रीनारायण सिंह, उपाध्यक्ष रामवती देवी मण्डल, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना र एक निर्माण कम्पनीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले उनीहरूलाई ३१ करोड ३४ लाख रुपैयाँ बराबरको सरकारी सम्पत्ति हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। आरोपअनुसार आर्थिक वर्ष २०७७।७८ मा बजार नाला तथा फोहोरमैला व्यवस्थापन शीर्षकको रकम दुरूपयोग गरी बिना निर्णय र प्रतिस्पर्धा एउटै निर्माण व्यवसायीबाट तीन नाममा टेन्डर गराई गुणस्तरहीन सेड निर्माण गरिएको थियो।

कमिसनको खेलमा पटक–पटक म्याद थपिएको र वास्तविक कामभन्दा बढी देखाएर नापी किताब बनाइएको अख्तियारको दाबी छ। आयोगले सबै अभियुक्तहरूसँग बराबरको विगो असुल गर्न माग गरेको छ।

सम्बन्धित खबरहरु

भर्खरै