October 15, 2026

सुनको मुल्य बढ्यो

सुनको मुल्य बढ्यो

काठमाडौं । लगातार ४ दिनदेखि घटेको सुनको मुल्य बुधबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ७३ हजार ३ सय रुपैयाँ थियो ।

गत बिहीबार हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ७६ हजार पुगेको सुनको मंगलबारसम्म घटिरहेको थियो ।

चाँदीको मूल्य भने बढेको छ । मंगलबार प्रतितोला १ हजार ९८० रुपैयाँको चाँदी तोलामा १० रुपैयाँ बढेर आज १ हजार ९९० रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित खबरहरु

भर्खरै