September 18, 2026

अब नेपालमा भ्रष्टाचारका काण्डहरू सुन्न पर्दैनः प्रधानमन्त्री

अब नेपालमा भ्रष्टाचारका काण्डहरू सुन्न पर्दैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अव नेपालमा भ्रष्टाचारका काण्डहरू सुन्न नपर्ने बताएका छन् । काठमाडौंमा स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपालबाट भ्रष्टाचारलाई पूर्णरुपमा र्निमूल गर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट पाउने सुविधा लिन घुस खुवाउनु पर्ने, काम गरेबापत कुनै नजराना चढाउनु पर्ने र भनसुन गर्न जानु पर्ने थिती हटाउने तयारीमा आफू लागिपरेको बताए।

फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेको र फाइलमा क्युआर कोर्ड ट्रयाकिङ राखेको भन्दै उनले कुन ठाउँमा फाइल गएर कहाँ अड्कियो भन्नेकुरा प्रधानमन्त्री कार्यालयले थाहा पाउने बताए ।

यस्तै गोष्ठीमा ओलीले संविधानविरुद्ध अहिले ठूलो शक्ति लागेको दाबी गरेका छन् । नेपालमा शान्ति सुव्यवस्था हुन नदिने षड्यन्त्र भइरहेको उनले बताए ।

सम्बन्धित खबरहरु