ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परि आमा छोराको ज्यान गएको छ । आगलागीमा परि करिब ५५ वर्षिय पुन्यकुमारी धमला र उनका छोरा करिब १६ वर्षिय कन्चन धमलाको ज्यान गएको हो ।
बाहुन डाँडा कोल पाखामा निजि खर पाखामा राखिएको खर घाँस जोगाउने क्रममा आगोले जलेर आमा छोराको ज्यान गएको वडा अध्यक्ष रमेशप्रसाद धमलाले जनाकारी जानकारी दिए ।
केही दिन अघि देखी नजिकैको जंगलमा आगलागी भईरहेको थियो । जङ्गलको आगोबाट काटेर राखेको घाँस जोगाउन गएका आमा छोरा घटनास्थल मै मृत्यु भएको छ ।