उपत्यकामा १६९८ जनासहित देशभर थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि

२ कातिक, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६९८ जनासहित देशभर २ हजार ९४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना गरी काठामाडौं उपत्यकामा १ हजार ६९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले देशभर २ हजार ९४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताए । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको छ ।

यस्तै हाल देशभर संस्थागत आइसोलेशन १२ हजार ९३३ जना र होम आइसोलेशन २६ हजार ४०८ जना रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार बितेकोे २४ घण्टामा २ हजार ३२६ जना निको भएका छन् । योसँगै अहिलेसम्म निको हुनेको कुल संख्या ९२ हजार १६६ पुगेको छ ।

यस्तै थप १२ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको कुल संख्या ७३९ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १४ हजार ८७५ जनाको पीसीआर परिक्षण भएको छ । हालसम्म १२ लाख ८३ हजार ३५४ जनाको पीसीआर हुँदा कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेका छन् ।

फिचर न्युज मुख्य खबर शिक्षा/स्वास्थ्य समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *