September 27, 2026

पूर्वप्रधानन्यायाधीश जबरा रिहा

पूर्वप्रधानन्यायाधीश जबरा रिहा

काठमाडौं । शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिइएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रहरी कार्यालयबाट छुटेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार जबरालाई आइतबार परिवारको जिम्मा लगाइएको हो।

जबरालाई राति नियन्त्रणमा लिएर टेकुस्थित कार्यालयमा राखिएको थियो। प्रहरीले उनलाई सुरक्षा चुनौती रहेको भन्दै सुरक्षित स्थानमा राखिएको बताएको थियो। तर, उनलाई नियन्त्रणमा लिनुपर्ने कारणबारे सरकारले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

जबरालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोलीसमेत प्रहरी कार्यालय पुगेको थियो। तर प्रहरीले भेट गर्न नदिएपछि आयोगको टोली फर्किएको जनाइएको छ।

जबरालाई पक्राउ गर्ने प्रहरीको कदमबारे कानुन व्यवसायीहरूले समेत प्रश्न उठाएका थिए। अन्ततः आइतबार उनलाई परिवारकै जिम्मा लगाएर प्रहरी कार्यालयबाट बाहिर पठाइएको हो।

सम्बन्धित खबरहरु

भर्खरै