September 25, 2026

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

काठमाडौं । देशभर देखिएको खराब मौसमको प्रत्यक्ष असर हवाई सेवामा परेको छ। कम भिजिबिलिटीका कारण काठमाडौंसहित विभिन्न विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थलमा मौसमका कारण उडान तालिका प्रभावित भएको छ।

तुम्लिङटारका लागि बुद्ध एयरको निर्धारित उडान रद्द भएको छ । त्यस्तै, भरतपुरतर्फ बुद्ध एयरका तीनवटा उडान रद्द भइसकेका छन् ।

पोखरा विमानस्थलमा भने मौसममा सुधारको प्रतीक्षा गर्दा केही उडान ढिला भएका छन्। मौसम अनुकूल भएपछि मात्रै नियमित उडान सञ्चालन हुने जनाइएको छ।

अन्तर्राष्ट्रिय उडानमा भने हालसम्म मौसमको उल्लेख्य असर नपरेको विमानस्थल कार्यालयले जनाएको छ ।

सम्बन्धित खबरहरु

भर्खरै