September 24, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३५ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

भारतको केरलाका मोहम्मद चेरा थोडीलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो। उनी संयुक्त अरब इमिरेट्स (यूएई) बाट फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका थिए।

विमानस्थलमा खटिएको सुरक्षा टोलीले जाँच गर्ने क्रममा उनले लगाएको भित्रिबस्त्रभित्र प्लास्टिकले र्‍याप गरेर लुकाइएको अवस्थामा सुन फेला पारेको विमानस्थल प्रहरीले जनाएको छ। बरामद सुन अर्धठोस अवस्थामा रहेको विमानस्थल प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।

प्रहरीका अनुसार बरामद सुनको तौल ५३५ ग्राम रहेको छ। पक्राउ परेका थोडीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।

यसैगरी, विमानस्थलबाटै अर्का एक नेपाली नागरिक पनि सुनसहित पक्राउ परेका छन्। बाराको पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारीको साथबाट ६९.६ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।

दुवै जनामाथि थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ।

सम्बन्धित खबरहरु

भर्खरै