September 21, 2026

कांग्रेस संस्थापन इतर समूहको महाधिवेशन तयारी : ओखलढुंगाको जिम्मेवारी बालगोविन्द राजभण्डारीलाई

कांग्रेस संस्थापन इतर समूहको महाधिवेशन तयारी : ओखलढुंगाको जिम्मेवारी बालगोविन्द राजभण्डारीलाई

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशनको तयारीका लागि ओखलढुंगामा जिल्ला तहको जिम्मेवारी बाँडफाँट गरेको छ।

समूहको १५औँ महाधिवेशन तयारी समितिले पुराना कांग्रेस नेता बालगोविन्द राजभण्डारीलाई ओखलढुंगा जिल्ला संयोजकको जिम्मेवारी दिएको हो। केन्द्रीय प्रतिनिधि गोमा केसीको सिफारिसमा तयारी समितिका संयोजक डा. शशांक कोइरालाले राजभण्डारीलाई संयोजक तोकेका हुन्।

इतर समूहले देशभर महाधिवेशन तयारीका लागि जिल्ला तथा क्षेत्रीय तहमा जिम्मेवारी तोक्ने क्रम अघि बढाइरहेको छ। काठमाडौं, दोलखालगायत जिल्लामा पनि यसअघि संयोजक तोकिएको थियो।

ओखलढुंगामा राजभण्डारीलाई जिम्मेवारी दिइनुलाई इतर समूहले जिल्लामा आफ्नो महाधिवेशन तयारीलाई व्यवस्थित रूपमा अघि बढाउने प्रक्रियाका रूपमा लिएको छ।

इतर समूहले आगामी असोज १५ गते वडा अधिवेशन गर्ने तयारी गरेको छ। त्यसपछि जिल्ला तथा प्रदेश तहका अधिवेशन हुँदै मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।

यसअघि समूहले महाधिवेशन तयारीका लागि अनुशासन, विधान मस्यौदा र सदस्यता व्यवस्थापनलगायत समिति गठन गरिसकेको छ।

सम्बन्धित खबरहरु

भर्खरै