September 20, 2026

‘समय भित्रको समय’ माथि परिचर्चा तथा कविता वाचन

ललितपुर । लुभुस्थित नमुना इङ्गलिस सेकेन्डरी स्कुल मा “समय भित्रको समय” कवितासङ्ग्रहबारे परिचर्चा तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ।

महालक्ष्मी साहित्य समाज को आयोजना तथा मुक्तसागरको सहआयोजनामा भएको कार्यक्रममा प्रा.डा. सावित्री श्रेष्ठ प्रमुख अतिथि रहेकी थिइन् भने प्रा.डा. भरतकुमार भट्टराई र प्राज्ञ चेतनाथ धमला विशेष अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा प्रा.डा. भट्टराई र प्राज्ञ धमलाले कवितासङ्ग्रहबारे समीक्षात्मक धारणा प्रस्तुत गरेका थिए। विद्यालयका अध्यक्ष कैलाशकुमार मल्ल तथा प्रिन्सिपल रीता श्रेष्ठ मल्लको समेत उपस्थिति रहेको थियो ।

समाजका अध्यक्ष विनोद खत्री ‘आकाश’को सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष जुमन किरणले गरेका थिए। कार्यक्रममा रविन्द्रकुमार थापा, शेखर आचार्य, रूविना राना, नारायण सिलवाल, गोविन्दबहादुर खड्का, लुमन्ती चित्रकार, नानीमैयाँ अधिकारी, राजेशमान केसी र कैलाशकुमार मल्ललगायतका स्रष्टालाई सम्मान गरिएको थियो ।

यस अवसरमा वसुन्धरा चौहान सुनिता, रोमा लम्साल, तिलक गाउँले, नारायण विश्वकर्मा ‘आक्रोश’, भीम खड्का र विष्णु थापालगायतका स्रष्टाले कविता वाचन गरेका थिए ।

सम्बन्धित खबरहरु