September 20, 2026

एमाले प्रमुख सचेतक ऐन महर नियुक्त

एमाले प्रमुख सचेतक ऐन महर नियुक्त

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले ऐन महरलाई प्रमुख सचेतक नियुक्त गरेका छन् ।

बझाङबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य महरको नियुक्तिलाई एमालेभित्र संसदीय समन्वय सुदृढ गर्ने कदमका रूपमा हेरिएको छ । प्रमुख सचेतकको भूमिका संसदमा पार्टीको उपस्थितिलाई व्यवस्थित राख्ने, सांसदहरूलाई समन्वय गर्ने र रणनीतिक रूपमा दलको धारणा प्रस्तुत गर्ने हिसाबले महत्वपूर्ण मानिन्छ।

नवनियुक्त प्रमुख सचेतक महरले जिम्मेवारी पाउँदा खुसी लागेको जनाउँदै पूर्ण निष्ठा र इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनको नियुक्तिसँगै संसदभित्र एमालेको भूमिकालाई अझ संगठित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबरहरु