काठमाडौं । सरकारले राष्ट्रिय सभामा रिक्त रहेको मनोनीत सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको पद हाल रिक्त रहेकाले सो स्थानमा अर्याललाई नियुक्त गर्न सिफारिस गरिएको हो।
संविधानअनुसार राष्ट्रिय सभामा केही सदस्य राष्ट्रपतिबाट मनोनीत गर्ने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार रिक्त पद पूर्ति गर्न सरकारद्वारा अर्यालको नाम सिफारिस गरिएको हो।







