September 20, 2026

रामप्रसाद राइको जन्मजयन्तीमा बालगृहलाई सहयोग

रामप्रसाद राइको जन्मजयन्तीमा बालगृहलाई सहयोग

काठमाडौं  । २००७ शालको जनक्रान्तिका प्रमुख योद्धा तथा जननायक रामप्रसाद राइको ११७ औं जन्मजयन्ती बिगत बर्षजस्तै फागुन १८ गते विशेष कार्यक्रम गरि मनाइएको छ। रामप्रसाद राई स्मृति प्रतिष्ठानले किर्तिपुरको चोभारस्थित असहाय बालगृहमा एक विशेष कार्यक्रम आयोजना गरि उक्त बाल आश्रममा आश्रीत बालबालिकासंग जन्मदिन मनाएको हो ।

जन्मदिनको अवसरमा प्रतिष्ठानले बालगृहलाई विभिन्न खाद्यान्न सामाग्रीहरु प्रदान गरेको छ । कार्यक्रममा प्रतिष्ठानका महासचिव शान्ति देवानले प्रतिष्ठानका अध्यक्ष नर बहादुर लिम्बुलाई दाल, चामल, चिउरा लागाएत खाद्यान्न सामाग्रीहरु  प्रदान गरेका थिए । फागु पुर्णिामाको दिन र चुनावको पूर्व सन्ध्यामा परेको कारण कार्यक्रममा बृहत उपस्थिती हुन नसके पनि प्रतिष्ठानका महासचिव शान्ति देवान, सचिव प्रमिला राई, सहसचिव विशाल राई, सदस्य भरत ढकाल, सदस्य मच्छिन्द्र जिमि सहित बालगृहका पदाधिकारी, कर्मचारी एवम् बालगृहका बालबालिकाहरुको उत्साहपुर्ण उपस्थिति रहेको थियो । सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव देवानले जननायक रामप्रसाद राईको जन्मदिन असहाय बालबालिकाहरुसँग मनाउन पाउनु र सानै भएपनि सहयोग गर्न पाउनु प्रतिष्ठानको सौभाग्य भएको बताउदै आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए । मन्तव्यका क्रममा उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा जननायक रामप्रसाद राईको योगदानको चर्चा गर्दै त्यस्ता महान क्रान्तिकारी योद्धालाई राज्यले राष्ट्रिय बिभुती घोषणा गर्न र उनको योगदानलाई पाठ्यक्रममा प्राथमिकताका साथ समाबेस गर्न आग्रह गरे । महासचिव देवानले जननायक राइको योगदानको चर्चा गर्दा बालगृहका बालबालिकाहरुले निक्कै चासोका साथ जिज्ञासा राखेका थिए ।

सम्बन्धित खबरहरु