September 20, 2026

पोखरेलको नेतृत्वमा संयुक्त सामान ढुवानी व्यवसायी संघ

पोखरेलको नेतृत्वमा संयुक्त सामान ढुवानी व्यवसायी संघ

काठमाडौँ । ढुवानी व्यवसायलाई व्यवस्थित, मर्यादित र व्यवसायीमैत्री बनाउनुपर्ने मागसहित संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। काठमाडौँस्थित होटल हेभन रिसोर्टमा सम्पन्न अधिवेशनले धर्मराज पोखरेललाई संघको नयाँ अध्यक्षका रूपमा चयन गरेको छ।

नव–निर्वाचित कार्यसमितिमा जय प्रसाद भट्टराई उपाध्यक्ष, कुमार श्रेष्ठ सचिव, नवराज भुजेल सह–सचिव तथा प्रकाशसिंह धामी कोषाध्यक्षमा चयन भएका छन् । त्यसैगरी सदस्यमा सुजन सिलवाल, राजकुमार बि‍सी‍, निरज श्रेष्ठ र कान्तिकुमारी खड्का चयन भएका छन् ।

अधिवेशनमा बोल्दै ढुवानी व्यवसायी महासंघ–नेपालका नि. वर्तमान अध्यक्ष माधव प्रसाद नेपालले राज्यले ढुवानी क्षेत्रलाई हेर्ने दृष्टिकोणमै परिवर्तन आवश्यक रहेको बताए । राजस्व अनुसन्धानको नाममा हुने अनावश्यक दुःख र कर प्रणालीको जटिलताले व्यवसाय प्रभावित भएको उल्लेख गर्दै उनले व्यवसायीमैत्री नीति तथा काठमाडौँमा ट्रान्सपोर्ट नगर स्थापनाको आवश्यकता रहेको औँल्याए।

अधिवेशनले संगठन सुदृढीकरण, व्यवसायिक हक–हित संरक्षण र ढुवानी क्षेत्रको दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आगामी कार्यदिशा तय गरेको छ।

सम्बन्धित खबरहरु