September 20, 2026

एसबीआई बैंक लुटपाटमा संलग्न रहेको आरोपमा चार जना पक्राउ

एसबीआई बैंक लुटपाटमा संलग्न रहेको आरोपमा चार जना पक्राउ

काठमाडौं । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको एसबीआई बैंक लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले घ्याङलेखक गाउँपालिकाको १ नम्बर वडाबाट चार जनालाई पक्राउ गरेको हो । त्यस्तै लुटेराले प्रयोग भएको बोलेरो गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार राति नेपाल एसबीआई बैंकको घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा लुटपाट भएको थियो । लुटेरा समूहले उक्त बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए ।

लुटिएको रकम मध्ये स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद गरेको छ । मंगलबार साँझ लुटेराहरूले बैंकका सुरक्षा गार्डलाई आक्रमण गरेर नगद लुटेका थिए । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु