काठमाडौँ । ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने उद्घोषसहित नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनीको समुद्घाटन गरेका थिए । उक्त पुस्तक प्रदर्शनी आज २०८२ वैशाख २ गतेदेखि १८ गतेसम्म रहने छ।

उक्त प्रदर्शनीमा २०७० सालअघि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरू ४० प्रतिशत छुट र २०७१ सालयता प्रकाशित भएका पुस्तकहरू खरिद गर्ने व्यक्ति वा संस्थाका लागि विशेष २० प्रतिशतको छुट दिइएको छ । प्रदर्शनीमा अमरकोश, नेपाली साहित्यकोश, कौटिल्यको अर्थशास्त्र, जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नौं उपनिषद्, ग्रिक महाकवि होमरको ओडिसी, हरेराम जोशिको प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङको एरिस्टोटल र उनका काव्य शास्त्र ‘पेरी पोइएतिकेस’ लगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ।
साथै नेपाली भाषा, साहित्य, संस्कृति, कला, इतिहास, दर्शनशास्त्र र समाजशास्त्र लगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ। प्रज्ञा–प्रतिष्ठानका पुस्तकहरू पाठकसामु पुर्याएर पठन संस्कृतिलाई विस्तार गर्न प्रदर्शनीले सहयोग पुर्याउने छ । प्रदर्शनीमा अनुसन्धानात्मक, संस्कार र संस्कृति तथा विभिन्न भाषाका कोशहरू राखिएको छ।







