एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिँदै आएको र अब दिने सबै अनुदान सहायताहरू रोक्न निर्देशन दिएका छन्। ह्वाइट हाउसले अहिले युक्रेनलाई दिँइदै आएको सहायता रकमबारे समीक्षा भइरहेको जनाएको छ।
तीन वर्षअघि रुसले आक्रमण सुरु गरेपछि उसँग लड्नका लागि अमेरिकाले युक्रेनलाई खर्बौंको सैन्य सहायता दिएको थियो। त्यो बेला अमेरिकामा जो बाइडन राष्ट्रपति थिए।
‘हाम्रो राष्ट्रपतिको ध्यानमा मात्रै अहिले शान्ति स्थापनामा केन्द्रित छ। हामी चाहन्छौं कि हाम्रा सहयोगी वा हामीसँग सहयोग लिनेहरू पनि यो लक्ष्यप्रति प्रतिवद्ध होऊन्’ ह्वाइट हाउसका एकजना अमेरिकी अधिकारीले भनेका छन् ‘अहिले हामीले हाम्रो लक्ष्यका निम्ती उपयुक्त छन् कि छैनन् भनेर सबै अनुदान सहायताहरूको समीक्षा गरिरहेका छौं।’
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि युक्रेनलाई सहयोग बन्द गरिएको पुष्टी गरेका छन्।
‘राष्ट्रपति ट्रम्प अहिले दुनियाको एकमात्रै यस्तो नेता हुन् जसले रुस र युक्रेन यद्ध रोकेर शान्ति स्थापना गर्न चाहिरहेका छन्’ उनले भनेका छन् ‘हामी पनि चाहन्छौं युक्रेन शान्तिका लागि वार्ताको टेबलमा आओस् र हाम्रो लक्ष्यलाई सहयोग गरोस्।’
युद्धका लागि अमेरिकाले दिइरहेको सैन्य सहायता युक्रेनमा तीन तरिकाबाट पुग्छ।


