September 16, 2026

राष्ट्रिय फोटो पत्रकारिता दिवस : बंगलादेशको टोलीसँग एनएफपिजे पराजित

राष्ट्रिय फोटो पत्रकारिता दिवस : बंगलादेशको टोलीसँग एनएफपिजे पराजित

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशको नारायणगंज क्लबसँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) पराजित भएको छ ।

राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा ललितपुरको एन्फा कम्प्लेक्स सातदोबाटोमा राष्ट्रिय फोटो पत्रकार समुह नेपालको आयोजनामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग ५–३ गोलले पराजित भएको हो ।

खेलमा बङगलादेशको तर्फबाट जाकिर होसेन सहिमले ३ र मय्हेदी हसन तोपुले २ गोल गरे भने नेपालबाट सुमन लिम्बुले २ र दीवाकर शेनले एक गोल फर्काए ।

फोटो पत्रकारिता दिवसको अवसरमा खेलकुदको माध्यमबाट छिमेकी राष्ट्रहरुसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको एनएफपिजे अध्यक्ष प्रदीपराज वन्तले बताए ।

नारायणगंज क्लबसँगको खेल खेल्नुअघि कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले खेलाडीलाई बल हस्तान्तरण गरेका   थिए ।

सहभागी सम्पूर्ण खेलाडीहरूलाई मेडल प्रमाणपत्रसंगै मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम सफल बनाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप), गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ आरुबारी, प्रिण्टिङ्ग एक्सप्रेस, म नेपाली, गोल्ड स्टार सूज, एन्फा एकेडेमी, नेपाल एरहोस्टेज, हिमाल हस्पिटल, स्वतिश्री गुरुकुल स्कुल र ललितपुर महानगरपालिका सहयोग गरेका थिए ।

सम्बन्धित खबरहरु

भर्खरै