कैलाली । नेपालको सत्ता जात व्यवस्थामा टिकेको हुँदा यसलाई भत्काउन सबै दलित, विपन्न तथा उत्पिडन समुदाय एकजुट हुन आह्वान गरेको छ । नेपाल बौद्व अम्बेडकर महासभाले नेपालको समाजिक राजनिति परिवर्तनमा दलित विपन्न तथा उत्पीडन समुदायको भुमिका बिषयक कार्यक्रममा सो आह्वान गरेको हो ।

कार्यक्रममा पुर्व मन्त्री विश्यन्द्रपाश्वानको प्रमुख आथित्यता शनिवार कैलालीको गोदावरी नगरपालिका ३ मा रहेको डम्मल फुटबल मैदानमा कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अथिति पाश्वानले विपन्न समुदायको राजनितिक पहुँच अभिबृद्धी गर्न सबै समुदाय एक ठाँउमा आउन जरुरी रहेको बताए । उनले ठुला ठुला मन्दिरमा पूजा गरेर धर्म नहुने भन्दै धर्मको लागि बिपन्न बच्चाहरुको सेवा गर्नु पर्ने धारणा राखे । सामाजिक परिवर्तनको लागि मन्दिर होइन स्कूलहरु प्रशस्त खोल्नु पर्ने उनको तर्क छ ।
कार्यक्रममा विपन्न समुदायको राजनितिक क्षेत्रमा पहुँच अभिबृद्ध गर्ने विषयमा छलफल गरिएको महासभाका अध्यक्ष मनोज जैगडीले जानकारी दिए । अध्यक्ष जैगड़िका अनुसार नेपालको सत्ता जात व्यवस्थामा टिकेको हुँदा यसलाई भत्काउन सबै एकजुट हुनुपर्ने सबै सहभागीहरुको भनाइ रहेको छ । सो भनाईहरुलाई मध्यनजर गर्दै महासभाले सबै दलित, विपन्न तथा उत्पिडन समुदाय एकजुट हुन आह्वान गरेको उनको भनाइ छ ।







