September 27, 2026

नागढुंगा–मुग्लिन सडकका १० ठाउँमा पहिरो, यातायात अवरुद्ध

नागढुंगा–मुग्लिन सडकका १० ठाउँमा पहिरो, यातायात अवरुद्ध

काठमाडौं । लगातारको वर्षापछि नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न १० स्थानमा पहिरो खस्दा यातायात प्रभावित भएको छ।

नागढुंगा–मुग्लिन सडक आयोजनाका अनुसार आइतबार बिहान १० बजेसम्म कृष्णभिर, ज्यामिरेघाट–चौकीभिर, घोप्टेभिर र सिमलधारामा पहिरोका कारण सडक दुईतर्फी रूपमा अवरुद्ध छ।

यस्तै, शीतलबजार, गोमती खोला, हुग्दी खोलादेखि जवाङ खोला, फिस्लिङ, चुम्लिङटार र धारापानी क्षेत्रमा पहिरो खसेपछि एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको आयोजनाले जनाएको छ।

वर्षा रोकिएपछि आवश्यक उपकरण परिचालन गरी पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाले सडक पूर्ण रूपमा अवरुद्ध रहेकाले सम्भव भएसम्म आज उक्त सडक खण्डमा यात्रा नगर्न आग्रह गरेको छ।

सम्बन्धित खबरहरु

भर्खरै