September 27, 2026

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पहिरोमा परी ३९ वर्षीया श्यामकुमारी विक, उनका १२ वर्षीय छोरा मनोज विक, ९ वर्षीय मुकेश विक र ५ वर्षीय निसन विकको मृत्यु भएको हो।

यसै वडाको एङवेङमा पहिरोले जंगबहादुर खड्काको बाख्राको खोरसमेत पुरिएको छ। घटनामा ८ वटा बाख्रा बगेका प्रहरीले जनाएको छ।

घटनाको थप विवरण तथा क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबरहरु

भर्खरै